बुधबार, साउन २२, २०८२
मा प्रकाशित
1286
Shares
बर्दिया,साउन २१(फरकसमाचार) / गाई भैंसी चराउँन गएको बेला बबई नदीमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ ।
गुलरिया नगरपालिका–५ बालापुर स्थित बबई नदीमा फसेका दुई जनालाई मंगलबार साँझ सशस्त्र प्रहरीले उद्दार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणबाट १० जनाको टोली उद्दारको लागि खटिएको थियो ।
गुलरिया नगरपालिका–५ बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारुलाई सशस्त्र प्रहरीले सकुशल उद्दार गरि आफन्तको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले बताए ।