बुधबार, साउन २२, २०८२
मा प्रकाशित
1360
Shares
बर्दिया,साउन २० / गोहीको आक्रमणमा परी एक युवक बेपत्ता भएका छन् । मधुवन नगरपालिका–१ का १९ वर्षीय रुप मिलन थारु मंगलबार साँझ गोहीको आक्रमणमा परी बेपत्ता भएका हुन् ।
ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक रहेको खौराह खोलामा गोहीले आक्रमण गरि युवकलाई बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विश्व बाबु श्रेष्ठले बताए ।
‘साथीहरुसंग नदीमा पौडी खेल्न गएको बेला गोहीले आक्रमण गरेको बुझिएको छ,’उनले भने,‘खोला पारीबाट पौडी खेल्दै वारी आउने क्रममा गोहीले आक्रमण गरि युवकलाई बेपत्ता बनाएको छ ।’ दुई हात्ती, मोटर बोट प्रयोग गरि निकुञ्ज कर्मचारी, नेपाली सेना र स्थानीयको सक्रियतामा बेपत्ता युवकको खोजी कार्य भईरहेको निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए ।