बर्दियामा पहिचान नखुलेको पुरुषको शव फेला
बुधबार, साउन २२, २०८२ मा प्रकाशित

बर्दिया,साउन २१ / कर्णाली नदीको किनारमा पहिचान नखुलेको पुरुषको शव फेला परेको छ । गेरुवा गाउँपालिका–६ गुप्तीपुर स्थित गेरुवा कर्णाली नदीको किनारमा पहिचान नखुलेको अन्दाजी ५० वर्ष जस्तो देखिने पुरुष व्यक्तिको शव बुधबार फेला परेको हो । नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गल्म राजापुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर मल्लको नेतृत्वमा रबर बोटसहित ७ जना र इलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी निरीक्षक नबिन कुमार थापा मगरको नेतृत्वमा ३ जनाको संयुक्त टोलीले नदी किनारमा फेला परेको शव बाहिर निकालेको हो ।

फेला परेको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पठाईएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय