३८ लाखको लोभमा पर्दा गुलरियाका यूवा ठगिए
मङ्गलबार, साउन २८, २०८२ मा प्रकाशित

अभिनव पाठक

बर्दिया,साउन २७/ सामाजिक संजालको ह्वाट्सपको फेक कलको विश्वास गर्दा गुलरियाका एक युवाले दुई दिनमा रु ३५ हजार गुमाएका छन् । केही दिन लगातार आएको फोन कल मार्फत ३८ लाखको पाउँने लोभमा ति यूवाले ठूलो रकम गुमाएका हुन् । ज्याला मजदुरी गर्ने ति यूवालाई केही दिन अघि बिभिन्न किसिमका दिवा सपना देखाउँदा ठूलो रकम हात पर्ने प्रलोभनमा भारतीय भाषीको फन्दामा पर्दा बिपन्न परिवार ऋणमा चुर्लुम डुबेको छ ।

उनले ज्याला मदजुरी र बैदेशिक रोजगारीमा रहेका सहोदर दाजुसँग पैसा मागेर ठगलाई गुलरिया स्थित आईएमई मार्फत पठाएका थिए । भारतीय भाषीमा बोल्ने ठगले भारतमा आईएम मार्फत रकम मागेका थिए । तर दुई दिन गरी उनले ३५ हजार बुझाउँदा पिडित परिवार बिलखबन्दमा परेको छ ।

ठगिएका यूवाको आफ्नो घर भत्केको छ । उनले जिबिकिापार्जन गर्न ज्याला मजदुरी गर्ने बिकल्प छैन । ठूलो रकम ठगिदा अन्य सर्वसाधारण मर्कामा पर्ने त्रासले सोमबार जिल्ला प्रशासन कार्यालय बिज्ञप्ति जारी गरेको छ । फेक न्यूज, समाचार, बिभिन्न सामाजिक संजाल मार्फत ठगिने गरेको खुलासा भएपछि प्रशासनले सचेत गराएको हो ।

यस्ता खालका घटना पटक पटक दोहोरिरहेका छन् । यस्ता खालका कुनै किसिमले फेक सूचना आएमा प्रहरीसँग बुझन पर्ने प्रशासनले आम सर्वसाधारणलाई आग्रह गरेको छ । सत्य तथ्य नबुझि प्रलोभन पर्दा सर्वसाधारण नागरिक ठगिरहेको प्रशासनले जारी गरेको बिज्ञप्तीमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर