बर्दिया,साउन २८(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको सामान प्रहरीले बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले दुई दिनमा तीन लाख बढीको अबैध सामान प्रहरीले बरामद गरेको हो ।
मधुवन नगरपालिका–३ धनौरा सिमल चोक स्थितबाट मंगलबार रु ३ लाख बराबरको कुर्ता सुरुवाल र फ्राक बेवारिसे अवस्थामा फेला परेको प्रहरीको दावी छ ।
यस्तै गत सोमबार गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट मुल्य रु २० हजार ७ सय बराबरको अबैध लत्ताकपडा फेला परेको जनाईएको छ । सोही दिन बढैयाताल गाउँपालिका–८ स्थितबाट भारतबाट अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा थुपारि राखेको मुल्य रु २२ हजार ४ सय बराबरको सर्बो इन्जिन तेल र सुपर पावर इन्जिन तेल फेला परेको प्रहरीले जनाएको छ ।
बरामद अबैध सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।