मलखादको माग गर्दै प्रजिअमार्फत सरकारलाई ज्ञापन पत्र
बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित

बर्दिया,साउन २९ (फरकसमाचार)/ मलखाद तत्काल उपलब्ध गराउन माग गर्दै जनता समाजवादी पार्टी नेपाल बर्दियाले ज्ञापन पत्र बुझाएको छ । जसपा नेपालले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

कृषि प्रधान देशमा किसानहरु विभिन्न समस्या तथा चुनौतीको सामना गर्न परिरहेको बुझाईको ज्ञापन पत्रमा गरिएको छ । मलखाद उपलब्ध नहुँदा कालोबजारी बढेको छ । जसले गर्दा सरकारी मुल्य भन्दा बढी मुल्य तिर्न किसान बाध्य भईरहेको पत्रमा खुलार्ईएको छ ।

मलको चरम अभाव खेपिरहेका किसानहरुलाई तत्काल मल उपलब्ध गराउनु पर्ने माग राखी प्रजिअ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराईएको जसपाका युवा नेता पप्पु यादवले बताए ।

ज्ञापन पत्र बुझाउन प्रशासन अगाडि पुगेका जसपाका नेता तथा कार्यकर्ताले किसानलाई समयमा मलखाद दे, असफल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । ज्ञापन पत्र तथा ध्यानाकर्षण कार्यक्रममा जसपा नेपाल बर्दियाका अध्यक्ष कृष्ण प्रसाद यादवसहित अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय