चर्को आवाजमा डिजे नबजाउन चेतावनी
शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित

बर्दिया,साउन ३०(फरकसमाचार)/ चर्को आवाजमा डिजे तथा बाजागाजा नबजाउन ठाकुरबाबा नगरपालिकाले चेतावनी दिएको छ । ठाकुरबाबा नगरपालिकाले चर्को आवाजमा डिजे बजाई ध्वनी प्रदुषण नगर्न बिहीबार सुचना प्रकाशित गरि चेतावनी दिईएको हो ।

चर्को आवाजमा डिजे बजाउँदा ध्वनी प्रदुषण भई स्थानीयको दैनिक जनजीवन प्रभावित भईरहेकोले छ । यस्तै बालबालिका, जेष्ठ नागरिक तथा बिरामीहरुलाई नकारात्मक असर परिरहेकोले सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित रुपमा स्थानीय स्तरमा ध्वनी प्रदुषण नहुने गरी राति ९ बजेपछि नगर्न प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

राति ९ बजेपछि चर्को आवाजमा बाजागाजा बजाईएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने जारी सुचनामा खुलाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय