धुमधामका साथ मनाइयो कृष्ण जन्माष्टमी
सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, भदौ २/ ‘कृष्ण जन्माष्टमी’ पर्व धुमधाम मनाइएको छ । देशभर ‘कृष्ण जन्माष्टमी’को अवसरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी शनिबार धुमधामका साथ मनाइएको हो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले सो दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ’व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

यस अवसरमा शनिबार विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा भक्तजनको भीड देखिएको थियो । यसै उपलक्ष्यमा विभिन्न धार्मिक सघंसंस्था द्वारा कृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकालिने चलन छ । आइतबार साँझ गुलरियामा पनि भक्तजनहरुले भजन किर्तन गर्दै झाँकीसहित शोभायात्रा निकालेका थिए ।

बाल्यकाल देखि नै आफ्ना विचित्र लीला देखाएका कृष्णले कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको ग्रन्थमा पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय