बर्दियामा लागू औषधसहित चार जना पक्राउ
मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

बर्दिया,भदौ ३(फरकसमाचार) / दुई दिनमा लागू औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट आइतबार र सोमबार दुई/दुई जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो ।

गुलरिया गुलरिया नगरपालिका–७ का ४० वर्षीय नुर महम्मद नाउँ र गुलरिया नगरपालिका–६ का ३२ वर्षीय अजमेर अलि नाउँलाई प्रहरीले सोमबार पक्राउ गरेका छ । गुलरिया नगरपालिका–६ स्थितबाट नुर महम्मद र गुलरिया नगरपालिका–७ स्थित बाईपास रोड स्थितबाट अजमेर अलिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको हो ।

नुर महम्मदको साथबाट २ सय ७० मिलिग्राम र अजमेरको साथबाट १ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट ठाकुरबाबा नगरपालिका–१ का २१ वर्षीय विशाल खत्री र वडा नंम्बर ४ का २१ वर्षीय अबिशेष चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट ४ सय ७० मिलीग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय