बर्दियामा दुर्घटना हुँदा पाँच जना घाईते
बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

बर्दिया,भदौ ४(फरकसमाचार) / दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । राजापुर नगरपालिका–८ भोगपुर स्थित हुलाकी सडक खण्डमा मंगलबार ४ बजे हाईस र दुई वटा अटो एकआपसमा ठोक्किर दुर्घटना हुँदा पाँच जना घाईते भएका हुन् । जसमा तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

नेपालगंज देखि धनगढी तर्फ जाँदै गरेको कैलाली गोदवारी नगरपालिका–८ मजगाउँका ३२ वर्षीय डेबिट चौधरीले चलाएको सुपप्र ०१–००१ ज १६९१ नंम्बरको इभी हाईसले विपरित दिशाबाट आउँदै गरेका राजापुर नगरपालिका–१ का ३२ वर्षीय यम बहादुर खड्काले चलाएको से १ ह ८५७१ नंम्बरको अटो र गेरुवा गाउँपालिका ६ नौरङगाका ३६ वर्षीय चैतु थारुले चलाएको भे १ ह ८५७१ नंम्बरको अटो एकआपसमा ठोक्किएको ट्राफिक प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए ।

से १ ह २०८९ नंम्बरको अटोमा सवार रहेका राजापुर नगरपालिका–१० मंगलपुरका ५५ वर्षीय जगनी थारुको दुवै खुट्टा र हात निधारमा चोट लागेको अवस्था सामान्य छ भने सोही ठाउँकी ६० वर्षीया राई भगनी चौधरीको टाउको, छाती र दाहिने खुट्टामा चोट लागेको लागी उनको अवस्था सिरियस रहेको जनाईएको छ ।

यस्तै से १ ह २०८९ नंम्बरको अटो चालक वडा नंम्बर १ का ३२ वर्षीय यम बहादुर खड्काको दुवै हात, खुट्टा, पेट र हाईसमा सवार बाँसगढी नगरपालिका–५ का २२ वर्षीया निरु थारुको टाउकोमा चोट लागी अवस्था सिरियस रहेको जनाईएको छ । अर्का अटो चालक चैतु थारुको दाहिने हाट, खुट्टा र चिउडोमा चोट लागेको र अवस्था मध्यम रहेको छ । घाईतेहरुको सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको र तीन वटै सवारी साधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय