एक महिनामा लागू औषधसहित २२ जना पक्राउ
बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

बर्दिया,भदौ ४ (फरकसमाचार) / एक महिनामा लागू औषधसहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा प्रहरीले लागू औषधसहित २२ जनालाई प्रक्राउ गरेको हो । १४ ग्राम ८ सय ५० मिलिग्राम लागू औषधसहित २१ जना र २ ग्राम ६ सय ९० मिलिग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै विविध कसुरमा फरार रहेका १२ जनालाई पक्राउ गरि सजाय असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी (डीएसपी) चक्र बहादुर डमरपालले बताए । ‘फरार रहेका १२ जनाबाट ४ वर्ष १ महिना ४ दिन कैद सजाय असुलउपर गरिएको छ,’डीएसपी डमरपालले भने,‘यस्तै रु १ लाख ४ हजार ५ सय ९१ जरिवाना असुलउपर गरिएको छ ।’

साउनमा ट्राफिक प्रहरीले चेकजाँच गरि ८ सय ८० सवारी साधनलाई कारवाही गरि ७ लाख ८ हजार ५ सय राजश्व संकलन गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

भारतबाट अबैध रुपमा ल्याईएका रु ८० हजार बराबरको सवारी साधनका पाटपुर्जा, रु ३ लाख ४ हजार २ सय बराबरको लत्ता कपडा र रु ७० हजार १ सय बराबरको अन्य सामान नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको प्रहरीको रेकर्डले देखाएको छ ।

यस्तै साउनमा प्रहरीमा विविध शिर्षकका ७२ मुद्दा दर्ता भएका थिए । जसमा ८ मुद्दा फर्छौट भएको र ६४ मुद्दा फर्छौट हुन बाँकी रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय