दुई फरार प्रतिवादी पक्राउ
सोमबार, भदौ १६, २०८२ मा प्रकाशित

बर्दिया, भदौ १६(फरकसमाचार)/ दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ का ४० वर्षीय मोहम्मद कलिम खाँ र गेरुवा गाउँपालिका–१ बनजरियाका ३३ वर्षीय सिताराम थारु रहेका छन् । विस २०८१ पौष १ गते अदालतले खाँलाई चोरी सम्बन्धि मुद्दामा ६ महिना कैद, रु १० हजार जरिवाना र रु ४ सय पीडित राहत कोषमा जम्मा हुने गरि फैसला गरेको थियो ।

यस्तै विस २०८१ मंसिर ९ गते अदालतले थारुलाई बाल यौन दुरुपयोग मुद्दामा ६ महिना ५ दिन कैद, रु १० हजार जरिवाना, रु ७५ हजार क्षतिपुर्ति र रु ४ सय पीडित राहत कोषमा जम्मा हुने गरि फैसला गरेको थियो ।

अदालतले सजाय तोकेदेखि दुवै जना फरार रहेका थिए । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आइतबार अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर