निजी विद्यालयद्वारा गुलरियामा बस ¥याली
मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

बर्दिया,भदौ १७(फरकसमाचार) / निजी विद्यालयले गुलरियामा बस ¥याली निकाली विरोध प्रदर्शन गरेको छ । प्याब्सन गुलरियाको नेतृत्वमा सोमबार गुलरियामा बस ¥याली निकाली विरोध प्रदर्शन गरिएको हो । बस ¥यालीमा सहभागी निजी विद्यालयका संचालकहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

संघिय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीति संशोधनको माग गर्दै प्याब्सन पछिल्लो समयमा आन्दोलित भएको छ । संघिय संसदबाट पारित गर्न लागिएको शिक्षा सम्बन्धी विधेयकमा निजी शैक्षिक संस्थाहरुसंग केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरु रहेका छन्,त्यसको खारेजीको माग गर्दै प्याब्सन आन्दोलित भएको छ ।

पूर्ण छात्रवृत्ति भन्ने शब्द हाटइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामग्रीहरु (पोशाक, शैक्षिक सामग्री, स्टेशनरी र खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई संचालनमा रहेका विद्यालयहरुलाई गैर नाफामुलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्नेलगायतका ५ बुँदे प्याब्सनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर