गुलरियामा महायज्ञ तथा श्रीमद् देवी भागवत हुँदै
मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, भदौ १७/ गुलरियामा महायज्ञ तथा श्रीमद् देवी भागवत हुदैछ । नवरात्रको अवसरमा गुलरिया नगरपालिका–५ स्थित मातङ्गी देवीको मन्दिरमा श्रीमद् देवी भागवत तथा ज्ञान महायज्ञ हुने भएको हो । असोज ६ गते घटस्थापनाको दिन देखि १५ गते महानवमीका दिनसम्म महायज्ञ संचालन हुनेछ ।

ज्ञान महायज्ञमा सुप्रसिद्ध कथा वाचक आचार्य पुरुषोत्तम शरण लम्साल कथा ब्यास रहनु हुने मातङ्गी देवी मन्दिरका पुजारी विभुती नारायण ज्ञवालीले जानकारी दिए ।

मन्दिर परिसर क्षेत्र विकास र अक्षय कोष स्थापनार्थ ज्ञान महायज्ञ गर्न लागिएको छ । महायज्ञलाई भव्य रुपमा सफल बनाउन मन्दिरका पुजारी ज्ञवालीले सम्पूर्ण सनातनीहरुमा आग्रह गरेका छन् ।

महायज्ञ मूल आयोजक समितिका अनुसार कथाव्यास आचार्य लम्सालको मुखारविन्दबाट श्रीमद् देवी भागवत कथा प्रवचन, राष्ट्रिय कलाकारहरुबाट भजनकिर्तन, झाँकी प्रर्दशन लगायतका कार्यक्रमहरु दैनिक हुनेछ । कार्यक्रम शुभारम्भ हुने दिन असोज ६ गते विहान ११ बजे मन्दिर देखि कलश शोभायात्रा गरिने जनाईएको छ । दैनिक कार्यक्रम अन्र्तगत विहान ६ बजेदेखि ११ बजे सम्म बेद, रुद्री, चण्डी र श्रीमद् देवी भागवत मूल पाठ पारायण हुनेछ ।

त्यस्तै दिउँसो १२ बजेदेखि ४ बजे सम्म कथा प्रवचन हुनेछ साथमा कथाको प्रसंग अनुसार झाँकी प्रर्दशन हुनेछ । वेलुकी ७ बजेदेखि १० बजेसम्म भजन किर्तन, झाँकीसहितको धार्मिक प्रर्दशनसँगै सन्ध्याकालमा दिव्य श्रृङ्गारिक महाआरती हुने पुजारी ज्ञवालीले जानकारी दिए । धार्मिक महाअभियानलाई सबै मिलि सफल बनाउन मन्दिर ब्यवस्थापन समिति, महायज्ञ आयोजक समिति र पूजा समितिले हार्दिक निवेदन गर्दै सम्पूर्ण सनातनीहरुलाई समुपस्थित भई धार्मिक लाभ लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर