बर्दिया,भदौ १८(फरकसमाचार) / दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट दुई जना फरार प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ का २३ वर्षीय निरज कार्की र गुलरिया नगरपालिका–१२ का नादिर हुसेन शेष रहेका छन् ।
विस २०८१ साल असार १० गते जिल्ला अदालतले लागू औषध सम्बन्धि मुद्दामा कार्कीलाई ४ महिना ६ दिन कैद र रु २ सय पीडित राहत कोषमा जम्मा हुनेगरि फैसला गरेको थियो ।
यस्तै गत असार २४ गते उच्च अदालत तुल्सीपुर नेपालगंजले लागू औषध मुद्दामा शेषलाई ४ वर्ष कैद र रु ५ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना र सजाय तोकेदेखि दुवै जना फरार रहेका थिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मंगलबार अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।