चितुवाको आक्रमणबाट एक घाईते
शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित

बर्दिया,भदौ १९
चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । मधुवन नगरपालिका–१ बड्की टडुवाका ५५ वर्षीय बाँधुराम थारु बिहीबार चितुवाको आक्रमणमा परि घाईते भएका हुन् । घाईत थारुको बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।
मधुवन नगरपालिका–१ स्थित औराही सामुदायिक वनमा बाख्रा चराउन गएको बेला दिउँसो साढे २ बजेतिर भाईलाई चितुवाले आक्रमण गरि घाईते बनाएको दाजु भोदु थारुले बताए ।
थारुको सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको बर्दिया अस्पताल इमरजेन्सी शाखाका आहेवा बैकुण्ठ यादवले बताए । आहेवा यादवका अनुसार घाईते थारुको टाउको, अनुहार, दायाँ हातको जोर्नीमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर