अभिनव कुमार पाठक, बर्दिया, भदौ १९ / दुई महिना नपुग्दै निर्माण गरिएको नाला भत्किएको छ । गुलरिया नगरपालिका–१ मा बनाइएको नाला दुई महिना नपुग्दै भत्किएको हो । दुई महिना नपुग्दै नाला भत्केपछि स्थानीयहरू आक्रोसित बनेका छन् । नाला अहिले आधा मात्रै बनेको स्थानीय बताउँछन् । उक्त नाला निर्माणको ठेक्का गणपति कन्स्ट्रक्सनले पाएको थियो । दुई महिना नपुग्दै नाला भत्केपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भईरहेको छ ।
असार मसान्तमा सक्काउने काम असारको आधा महिना कटेपछि सुरु भएको काम हतार हतार गरेर ठेकेदारले गुणस्तरहीन काम गरेको एक स्थानीयको आरोप छ ।
दुवैतिर ७५÷७५ मिटर बन्नुपर्ने नाली अहिले ६८ मिटर बनिसकेको निर्माण कम्पनीका रितेश यादवले बताए । ‘गाउँलेहरूले सुरुमा विरोध गरेको र बाटो खन्न नदिएको कारण उक्त काम ढिलो सुरु भएको थियो,‘यादवले भने,‘भर्खरै बनेको नालीको छेउमा एकै पटक धेरै माटो थुपारिदाँ भार धान्न नसकेको कारण नाली भत्किएको हो ।’
उक्त नाला बनाउँदा प्रदेश सरकारले वडासँग कुनै समन्वय नगरेको गुलरिया नगरपालिका–१ का वडाध्यक्ष जोगीराम थारुले बताए । ‘वडासँग समन्वय गरेको भए हामीले केही गर्न सक्थ्यौ होला,’वडाध्यक्ष थारुले भने,’तर, हामीसँग समन्वय नभएको कारण हामीले केही गर्न सक्दैनौं ।’
उक्त नाली निर्माणको लागि प्रदेश सरकारबाट ११ लाख भन्दा धेरै बजेट आएको र निर्माण कम्पनीलाई नाली, माटो र ग्राबलको ठेक्का दिएको सडक पूर्वाधारका कार्यालय प्रमुख गोविन्द बहादुर महतरा क्षेत्रीले बताए । ‘ठेकेदारसँग हामीले सम्झौता गरेका छौं, ठेकेदारले पुनःडीएम गरेर नाली बनाएपछि बल्ल हामीले भुक्तानी दिनेछौँ,’कार्यालय प्रमुख क्षेत्रीले भने,‘असारको १५ गते प्रदेश सरकारको खाता बन्द भएको र ठेकेदारले काम समयमा नसकाएकोले भुक्तानी दिएका छैनैं ।’
शुक्रबार, भदौ २०, २०८२
मा प्रकाशित
1247
Shares
ताजा समाचार
लोकप्रिय
© 2026, All rights reserved to Farak Samachar // Website By Lumbini Host

