आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू
सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, भदौ २३/आज देखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदा देखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष सोमबार देखि सुरू भएको हो ।

आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह ्रश्राद्धसमेत भन्ने गरिएको बगलामुखी मन्दिरका पुजारी रेवतिरमन दाहालले बताए ।

‘यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ,’पुजारी दाहालले भने,‘अरूको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।’ पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशले मृत्यु लोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय