मङ्गलबार, भदौ २४, २०८२
मा प्रकाशित
1130
Shares
जेनजीको आन्दोलन उग्र बनेपछि राज्यका अंक मानिने कार्यपालिका व्यवस्थापिका र न्यायपालिकामाथि पनि आक्रमण भएको छ । व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालतमा आन्दोलनकारीले आगजनीसहित नियन्त्रणमा लिएका छन् । तीनवटै निकायका मुख्य भवनमा आगजनी भएको छ । तोडफोड गरिएको छ ।
सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरी समस्याको समाधान गर्न आह्वान गरेका छन् ।

