गुलरियाको विभिन्न स्थानमा आगजनी
मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक, बर्दिया, भदौ २४ / गुलरियाको विभिन्न स्थानमा आगजनी गरिएको छ । मङ्गलबार राति साढे आठ बजेको समयदेखि गुलरियाको विभिन्न स्थानमा आगजनी गरिएको हो । युवा समूहले कांग्रेस र एमालेको पार्टी अफिस मा गएर आगजनी गरेका छन् । युवा समूहले नगरपालिकामा तोडफोड गरेर भित्रको सामान बाहिर निकाली आगो लगाएका थिए ।

उक्त युवा समूह नगरपालिकामा आगो लगाइसकेपछि जिल्ला प्रहरी कार्यालय अगाडिको चोकमा रहेको सालिक खसाल्ने प्रयास गरेर उक्त स्थान तोडफोड गरेका थिए । शालिक तामाको भएको कारण टुट्न सकेन र युवा समूह सञ्जय गौतमको घरतर्फ बढ्यो । सञ्जय गौतमको घरमा आग लगाएपछि उक्त समूह गीता बस्नेतको घरतर्फ लागेको थियो । घरभित्र बच्चाहरू मात्रै भएको कारण युवा समूहले केही नोक्सान गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय अगाडि सशस्त्र प्रहरीहरू रहेको कारण युवा समूह प्रशासनभित्र प्रवेश गर्न पाएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय