हिजो दिनभर संकटकालको झल्को
बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक, बर्दिया, भदौ २५ / बुधबार बिहान नेपाली सेना सडकमा निस्किदाँ संकटकालको झल्को देखियो । मंगलबार मध्यरात देखि नेपाली सेनाले मुलुकको सम्पुर्ण सुरक्षा कमाण्ड सम्हालेपछि अशान्त वातावरण शान्त बन्दै गयो । जेनजी युवाहरुको आन्दोलनको आडमा अर्को युवा समुहले उच्छिङ्खल गतिविधि देखाउँदै निजी तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्न थालेपछि सर्वसाधारण त्रसित बनेका थिए ।

मंगलबार साँझ गुलरिया स्थित रहेका सरकारी तथा निजी सम्पत्तिमा उक्त समुहले आगजनी तथा तोडफोड गरे । नेपाली कांग्रेस,एमालेको पार्टी कार्यालय, गुलरिया नगरपालिका र पुर्वमन्त्री तथा संघिय सांसद संजय गौतमको घरमा आगजनी तथा गणेशमान शालिक तोडफोड भयो ।
गरम हुँदै गएको माहोल मंगलबार राति ११ बजे देखि नै प्रशासनले कफ्र्यु आदेश गरेपछि शान्त हुदै गयो । जेनजीको आन्दोलनले देशमा जताततै भौतिक पूर्वाधार नाँसिएको छ । बुधबार दिनभरि सेनाको गस्ती देशभर भइरहदाँ बर्दिया पनि अछुतो रहेन ।
मध्य रातमा सेना परिचालन भएको वक्तव्य निस्कियो ।

बुधबार बिहान सेनाले सडकमा परेड खेलेको देख्दा सबैको मनमा एक किसिमको निराशा झल्किएको देखिन्थ्यो । प्रशासनले मंगलबार राति ११ बजे देखि जारी गरेको कफ्र्यु आदेश पालना गराउन बुधबार बिहान देखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली व्यापक रुपमा परिचालन हुँदा संकटकालको झल्को देखिएको सर्वसाधारणको भनाई छ । अर्को आदेश जारी नभएसम्म कफ्र्यु जारी रहने प्रशासनले जनाएको छ । बुधबार भएको वार्तामा जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर