शुक्रबार, भदौ २७, २०८२
मा प्रकाशित
1212
Shares
काठमाडौँ,भदौ २७ /प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, सिग्देल र जेन-जीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ।
जेन-जीको संसद् विघटनको मागमा सहमति नजुटेपछि कानुनी विकल्प खोज्न बैठक बस्दैछ। स्रोतका अनुसार अन्य विषयमा सहमति भए पनि संसद् विघटनमा समस्या छ।
बिहीबार मध्यरातसम्मको छलफलमा कार्कीलाई अन्तिरम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको थियो। तर संविधानको धारा र संसद् विघटनको कानुनी आधारमा अन्योल छ। राष्ट्रपति पौडेल पनि बिहानैदेखि कानुनविद्सँग परामर्शमा छन्।नागरिकन्युजबाट साभार

