पुरानो लयमा फर्किदै गुलरिया
आइतबार, भदौ २९, २०८२ मा प्रकाशित

बर्दिया, भदौ २९(फरकसमाचार) / जेनजी आन्दोलन पश्चात दुई दिन सुनसान बनेको गुलरिया बिस्तारै पुरानो लयमा फर्किदै गएको छ । बुधबार र बिहीबार सुनसान देखिएको गुलरिया शुक्रबार देखि बिस्तारै लयमा फर्किदै गएको हो ।

कफ्र्यु आदेशले बन्द रहेका उद्योग व्यापार, सवारी साधनलगायत सरकारी कार्यालय शुक्रबार देखि खुल्न थालेपछि जनजीवन सामान्य बन्दै गएको सर्वसाधारणले महसुस गरेका छन् । यस्तै आजबाट विद्यालय तथा शैक्षिक संस्था खुल्ने जनाईएको छ । कफ्र्यु आदेशले दुई दिन पुर्ण रुपमा बन्द रहेको चहल पहल पुनःसुचारु भएको छ । दुई दिन घरमा बसेका सर्वसाधारणले हिड्डुल तथा विजनेश व्यापार संचालन गरेका छन् ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरि लगाईएको कफ्र्यु आदेश शनिबार देखि प्रशासनले हटाएको छ । गुलरियाको पुर्वमा गणेशपुर चोकदेखि पश्चिममा बबई बहुमुखी क्याम्पस र उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय देखि दक्षिणमा सीमा नाकासम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।

प्रदर्शनका कारण गत मंगलबार राति ११ बजेदेखि जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । अवस्था सामान्य हुँदै गएपछि शुक्रबार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म निषेधाज्ञा र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर