दोषीको खोजीमा प्रहरीको सक्रियता
सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित

बर्दिया,भदौ ३० (फरकसमाचार) /सार्वजनिक सम्पत्ति तोडफोड तथा लुटपातमा संलग्न व्यक्तिहरुको खोजीमा प्रहरीले सक्रिया देखाएको छ । गुलरिया नगरपालिका तोडफोड तथा लुटपातमा संलग्न व्यक्तिहरुको खोजी कार्य प्रहरीले तिव्र बनाएको हो । गुलरियाका करिब आधा दर्जन व्यक्तिहरुलाई आइतबार प्रहरीले नियन्त्रणमा लिई सोधपुछ सुरु गरिसकेको स्रोतको दावी छ । गुलरिया नगरपालिका तोडफोड तथा लुटपात गर्दै गरेको भिडियो फुटेजको आधारमा प्रहरीले संलग्न व्यक्तिहरुलाई धमाधम नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । लुटपाट भएको सरकारी सम्पत्ति कतिले फिर्ता गरिसकेका छन् भने कतिले फिर्ता गरेका छैनन् । लुटपातमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।
प्रदर्शनकारीले गत मंगलबार राति आठ बजे गुलरिया नगरपालिका तोडफोड तथा आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले गरेको तोडफोडबाट करिब रु २ करोड क्षति भएको गुलरिया नगरपालिका स्रोतले जनाएको छ । प्रदर्शनकारीले सोही दिन नेपाली काँग्रेस, एमाले पार्टी कार्यालय, पुर्वमन्त्री संजय कुमार गौतमको घर तोडफोड आगजनी गरेका थिए भने गणेशमान शालिकसमेत तोडफोड गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर