आज विश्वकर्मा पुजा
बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

काठमाडौँ, भदौ ३१ / आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजा गरी विश्वकर्मा दिवस मनाइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई
राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवता का रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ । ब्रह्माका पुत्र विश्वकर्माले लङ्कालगायत दैवीकालका सबै संरचनाको निर्माण गरेको विश्वास छ । यही सम्झनामा नेपालीले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय