खुला सीमा नाकामा एक सातामा शुन्य राजस्व संङ्कलन
शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक, बर्दिया, असोज ३ / नेपाल भारतको खुला सीमा नाका अन्तर्गतमा एक सातामा राजापुर भन्सार कार्यालय गुलरियाबाट शून्य राजस्व संकलन भएको छ । बर्दियाको ८२ दशमलब ५ किलोमिटर खुला सीमानाकामा शुन्य राजस्व संकलन दुखद कुरा हो । असोज अघि राजस्व संकलन लाखौमा थियो । एक सातामा राजस्व संकलन नहुनेको दोष सुरक्षाकर्मीलाई जान्छ । अब सधै राजस्व संकलन शुन्यमा झर्ने चिन्तामा स्थानीय गर्छन । खुला सीमा नाकामा सुरक्षा कमजोर भएको स्थानीयको भनाई छ ।

जेन्जी आन्दोलन पश्चात् शुन्य राजस्वर सङ्कलन भएको रेर्कडमा देखिन्छ । पछिल्लो महिनामा भदौ २५ गतेदेखि ३० गते सम्म शून्य राजस्व सङ्कलन भएको राजापुर भन्सार कार्यालय जनाएको छ । यस आर्थिक वर्ष ३ करोड १ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको राजापुर भन्सार कार्यालय गुलरियाका भन्सार अधिकृत धनबहादुर शाहीले बताए । ‘साउन महिना मा २३ लाख ४४ हजार लक्ष्य रहेकोमा ११ लाख ७१ हजार ६ सय ८३ रुपैयाँ सङ्कलन भएको थियो,’अधिकृत शाहीले भने,’भदौ महिनामा २५ लाख ८५ हजार लक्ष्य रहेकोमा २० लाख ९६ हजार १ सय १० रुपैयाँ संकलन भएको छ, जेन्जी आन्दोलन पश्चात यो साता कुनै पनि राजस्व संकलन भएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर