‘पत्रकारले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’
आइतबार, असोज ०५, २०८२ मा प्रकाशित

बर्दिया,असोज ५(फरकसमाचार) / पत्रकारले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताएका छन् । महासंघको कार्यसमितिको बैठकमा शनिबार अध्यक्ष घिमिरेले यस्तो बताएका हुन् । पछिल्लो समयमा पत्रकारमाथि जताततै आक्रमणका घटना भईरहेको अध्यक्ष घिमिरेले बताए । ‘यो अवस्थामा पत्रकार सुरक्षित हुन जरुरी छ,’अध्यक्ष घिमिरेले भने,‘पत्रकारले पहिला आफ्नो सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।’

गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला स्थित रहेका सक्रिय पत्रकारलाई सुरक्षित रहेर सत्य, तथ्य र निष्पक्ष समाचार संकलन गर्न अध्यक्ष घिमिरेले आग्रह गरेका छन् ।

महासंघको बैठकमा समसामयिक विषयमा छलफल तथा निर्णयहरु भएको जनाईएको छ । बैठकमा नेपाल पत्रकार महासंघका कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय