अभिनव कुमार पाठक, बर्दिया, असोज ६ / श्री मातङ्गी देवी मन्दिरको सर्वाङ्गीण विकासका लागि शारदीय नवरात्रको पावन अवसरमा आयोजित श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ आज देखि सुरु हुने भएको छ । गुलरिया नगरपालिका–५ स्थित मातङ्गी मन्दिरमा आज(सोमबार) देखि श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ सुरु हुने भएको हो । भागवत सम्पुर्ण तयारी भईसकेको र भागवत असोज १५ गतेसम्म चल्ने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
आज बिहान ११ बजे मन्दिर देखि विशाल कलश यात्रा निस्कनेछ । कलश यात्रा बजार परिक्रमा पश्चात् १ बजे समुउद्घाटन कार्यक्रम रहेको मातङ्गी मन्दिरका पुजारी विभूति नारायण ज्ञवालीले बताए । ‘१ बजे महायज्ञ तथा श्रीमद्देवी भागवतको समद्घाटन हुनेछ र साँझ ७ बजे महाआरती हुनेछ,’ पुजारी ज्ञवालीले भने,’साँझको आरती पश्चात झाँकी प्रदर्शन तथा भजनकीर्तन कार्यक्रम रहेको छ ।’
सम्पूर्ण गुलरिया बासीहरूलाई मातङ्गी मन्दिरका पुजारी ज्ञवालीले विशाल कलश शोभा यात्रा तथा श्रीमद्देवी भागवत महापुराणमा आफ्नो गरिमामय उपस्थितिको लागि आग्रह गरेका छन् ।

