सोमबार, असोज ०६, २०८२
मा प्रकाशित
1880
Shares
अभिनव कुमार पाठक
बर्दिया, असोज ६/ बबई नदीमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका गुलरिया नगरपालिका–२ संगम बस्तीका दुई बालिका सोमबार दिउँसो बेपत्ता भएका हुन् ।
गुलरिया नगरपालिका–२ संगम बस्तीका १२ वर्षिय दुर्गा शाही र निशानी थापा नुहाउने क्रममा बबई नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी देबेन्द्र मल्लले बताए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता बालिकाहरुको खोजी कार्य भईरहेको डीएसपी मल्लले जनाए ।

