सरसफाई कार्यक्रम सम्पन्न
मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, असोज ७/ गुलरिया नगरपालिका–६ मा सरसफाई गरिएको छ । किशोर किशोरीहरुले सोमबार बिहान सरसफाई गरेका हुन् । समृद्धि किशोरी क्लब र सर्यु युवा क्लबका किशोर किशोरीले पेट्रोल पम्पदेखि उत्तरतर्फको सडक सरसफाई गरेका छन् ।

युवाहरूले आगामी दिनमा नेतृत्व लिन सक्ने हामीले बनाउनुपर्ने गुलारिया नगरपालिका –६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्माले बताए ।

‘हामी पछि यिनीहरुले नै नेतृत्व लिनुपर्छ र यसको लागि सामाजिक कार्य गर्नुपर्छ,’वडाध्यक्ष शर्माले भने,‘हामीले यो सामाजिक कार्यबाट घर वरिपरि सरसफाई राख्नुपर्छ भनेर सन्देश दिन खोजेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय