ट्राफिक प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना
मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, असोज ७/ विजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक कार्यालयले सोमबार गुलरिया नगरपालिका–७ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

चाडपर्वको बेला सार्वजनिक सवारी साधनहरुमा बढी भिडभाड हुन्छ । क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने बढी सम्भावना पनि हुन्छ । त्यसैगरी मौकाको फाइदा उठाएर यात्रुसंग बढी भाडा आसुल्ने र गाडीमा छुटेको सामान यात्रुले नपाउने जस्ता घटना हुन सक्छ ।

यस्ता समस्यालाई मध्यनजर गरि सवारी साधनमा हुने भिडभाड व्यवस्थापन, यात्रु तथा सवारी धनिलाई परेको समस्यालाई सुल्झाउन यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रु सहायता कक्षले गन्तव्यमा हिडेका यात्रुलाई सहजना हुने विश्वास छ । यात्रुहरूलाई आफ्नो गन्तव्यमा हिँड्दा केही पनि समस्या परेमा यात्रु सहायता कक्षमा आएर सहायता लिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर