गोहीको आक्रमणबाट एक जना बेपत्ता
मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

बर्दिया,असोज ७ / गोहीको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षिय विवश थारु गोहीको आक्रमणबाट सोमबार बेपत्ता भएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका–२ राजीपुरस्थित गेरुवा नदीमा भैंसीलाई पानी खुवाउन गएको बेला गोहीले आक्रमण गरि बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।

बेपत्ता थारुको खोजतलासको लागि नेपाली सेना सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी खटिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय