बुधबार, असोज ०८, २०८२
मा प्रकाशित
1962
Shares
बर्दिया,असोज ८(फरकसमाचार)/ भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान प्रहरीले बरामद गरेको छ । बाँसगढी नगरपालिका–१ रत्नराज मार्ग चेपाङपुल स्थितबाट सोमबार प्रहरीले अबैध सामान बरामद गरेको हो ।
भारतबाट चोरी पैठागरी गरी ल्याई बेवारिसे अवस्थामा राखिएको मुल्य रु ३ लाख ६७ हजार ५ सय २० बराबरको माउन्टेन डिउ, चिनी, गोल मोल पुडी र विभिन्न प्रकारका कुर्ता सुरुवाल बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद अबैध सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

