बर्दिया,असोज ८(फरकसमाचार) / अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को पहिलो बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एवम् लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा ओसिएमसीको पहिलो बैठक मंगलबार सम्पन्न भएको हो ।
आर्थिक वर्ष ०८२/०८३ को लागि ओसिएमसीको लागि प्राप्त बजेट र कार्यक्रम बारे बैठकमा जानकारी गराईएको छ । चालु आर्थिक वर्षको लागि १२ वटा शिर्षकमा ओसिएमसीको लागि रु १४ लाख ४० हजार बजेट प्राप्त भएको अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेयले बताए ।
चालु आर्थिक वर्षको साउन र भदौमा ३७ जना लैङ्गिक हिंसामा परेका पीडितले ओसिएमसीमार्फत निःशुल्क सेवा लिएको बर्दिया अस्पताल ओसिएमसीकी सम्पर्क व्यक्ति सपना बाठा मगरले जनाईन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला न्यायाधिवक्ता जयप्रसाद धिताल, अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयलगायतको उपस्थिती रहेको थियो ।

