बुधबार, असोज ०८, २०८२
मा प्रकाशित
1627
Shares
अभिनव कुमार पाठक
बर्दिया,असोज ८/ गोहीको आक्रमणमा परी बेपत्ता भएका युवालाई खोज्न दुई वटा हात्ती परिचालन भएका छन् । बेपत्ता युवालाई खोज्न मंगलबार बिहान देखि बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा हात्ती परिचालन भएका हुन् ।
गेरुवा गाउँपालिका–२ राजीपुरमा रहेको गेरुवा भङ्गालोमा भैंसी चराउन गएका ३ जना मध्ये २५ वर्षिय विवश थारु गोहीको आक्रमणमा परी सोमबार बेपत्ता भएको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोज मणी पौडेलले बताए ।
‘सोमबार राति अबेरसम्म खोजी कार्य भएको थियो,’सुचना अधिकारी पौडेलले भने,‘मंगलबार बिहान देखि दुई हात्ती, राफ्टिङको सहायताबाट निकुञ्ज कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा खोजी भएपनि साँझ सम्म बेपत्ता युवाको अवस्था अज्ञात रहेको छ ।’

