“विद्यमान अवस्था र चाडपर्वको सुरक्षा सर्तकता”
बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित

यस वर्षका चाडपर्व भित्रने संगारमा छन् । मुलुक राजनैतिक परिवर्तन र स्थायित्वका लागि परेता पनि परिस्थिति सोचे अनुरूप हुन सक्ने नसक्नेको दोसाँधका वीच तरल अवस्था विद्दमान देखिन्छ । अनि जनमानसमा केहि दिन अगाडिको जेन-जी अन्दोलनमा भएको आगजनी तोडफोड र मानवीय क्षतिको त्रासवाट अझैपनि मुक्त भैसकेका छैनन् । डर र त्रासको वीचको यस्तो विषम परिस्थितिमा वार्षिक चाडपर्वहरू हर्षउल्लासमय बन्छ कि बन्दैनन् ? आम नागरीक यसैको प्रतिक्षामा छन् ।

अनुभवमा नखारिएको जेन-जी पुस्ताको भ्रष्टाचार विरूद्धको आन्दोलनमा जहाँ जसरी घुसपैठ भयो र गराईयो, यसले मुलुक लाई निश्‍चय नै अस्थिरता र द्धन्द तर्फ अग्रसर गराउदैछ । मुलुकका अधिकांश कारागारवाट चौध हजार भन्दा वढि कैदीबन्दीहरू लाई छुटाईनु र त्यसमध्ये अझैसाँडे आठ हजारको हारहारीमा राज्यको सम्पर्क वाहिर रहनुले पनि जनतामा अध्याँरो त्रास, भययुक्त मनोविज्ञान छोडेको छ । यस्तो विषम परिस्थितिमा हिन्दु, मुस्लिम लगायत सम्पूर्ण नेपालीहरूलेमनाउने विभिन्न चाडपर्वहरू उल्लासमय होलान र ? यसैमा सवैको चिन्ता र डर मिश्रित चासो बढेको पाइन्छ ।

हुनपनि अहिलेको राजनैतिक अवस्था सांच्चै नै तरल छ । आन्दोलनबाट भएका क्षतिको मुल्याङ्कन गर्न अझै बाँकी छ । जलेका भग्नावशेषको सफाई गर्न वाँकी छ । द्वन्द पछि कुन काम पहिला गर्ने को र कसले गर्ने भन्ने एकिन गर्न नसक्दा तिनै भग्नावशेषले  आमनागरिकलाई अझै त्रास भित्रै राखेको आभाष पाईन्छ । यसर्थ पनि राज्य भनेको आम सर्वसाधारण जनताको प्रतिनिधी हो र त्यस मार्फत नै जनताले शान्ति सुरक्षाको प्रत्याभूत गर्न पाउनु पर्दछ । तर त्यसो हुन अहिले सम्म आभाष हुने गरि जनताले अनुभव गर्न पाएका छैन्न् ।

यस्तो विषम परिस्थितिमा अझ समाजमा नै अपराध गरि सजाय काटी रहेका कैदिबन्दीहरू कारागारबाट भाग्नु, भगाईनुले मुलुकको विद्यमान शान्ति सुरक्षाको  अवस्था साँच्चिकै चिन्ता लिनु पर्ने देखिन्छ । एउटा अपराधमा सजाय भोगिरहेको व्यक्तिले अर्को अपराधमा सहजै संलग्न हुन्छ भन्नेअपराध शास्‍त्रका साथै हालै मात्र घटेका घटनाले समेत पुष्टि गरेको छ, यसले जनमानसमा अझ त्रासको मात्रामा वृद्धि गरेको छ ।

अर्को तर्फ २३ र २४ (भाद्र) को आन्दोलनमा देशभरबाट कैदीबन्दीहरू भाग्नु र प्रहरीका हतियार, लत्ता कपडा लुट्नु संयोग भन्न मिल्दैन । हिजोको दिनमा भारतिय बजारबाट किनी ल्याएको एकथान कट्टा पेस्तोलले त समुह निर्माण गरी अपराध गर्न उद्दत समुह आज प्रहरी पोसाकमा प्रहरीकै हतियारले लुटपाट गर्दैन भन्ने विश्‍वास गर्ने वातावरण खोई ? नागरिक तहमा सार्वजनिक सूचना जारी गर्ने देखि सवै सुरक्षा अंगलाई हतियारको खोजीमा परिचालित गर्नढिलाई गर्न हुदैन् । तत्काल समय सिमा तोकेर निर्देशन दिन जरूरी छ । नेपाल प्रहरी त दिनरात यसैको खोजी गरिरहेको छ । २०० को हारहारीमा हतियार बरामद पनि भैसकेको छ ।

यस्तो विषम परिस्थितिमा  आईरहेका चाडपर्वहरूलाई शान्तिपूर्वक, भयरहित जनताले मनाउन सक्ने वातावरण निर्माण गुर्नुपर्ने हुन्छ । रामभरोसाले राज्य चल्दैन, जनताले आफ्नो अभिभावक प्रतिनिधी मान्ने राज्यको नै भरोसायोग्य विश्‍वास गर्न नसक्दा डर त्रास भय झन फैलन सक्छ, सुरक्षा विश्‍लेषण गरौ । झिना मसिना काममा सरकार अल्मलिएको जस्तो देखिाममा सरकार अल्मलिएको जस्तो दिखिन्छ, यसले खराब परिणाम मात्र ल्याउने हो ।

मसिना काममा सरकार अल्मलिएको सरोसायोग्य विश्‍वास गर्न गसक्दा भाद्र २५ गेतकै दिन आन्दोलन केहि मथ्थर नभएको भए बैंक, वित्तिय संस्था लुटपाट गर्ने योजना समेत सार्वजनिक भएको सन्दर्भमा आज ति हतियार तिनै जेलबाट भागेका कैदीहरूको हातमा पर्‍यो भने अव लुटपाट हुदैन भनेर कसरि विश्‍वास गर्ने ? तसर्थ नागरिक समाजले पनि आफ्ना गाँउघर समाजमा देखिएका नयाँ अनुहारको पहिचान गरि प्राप्त सूचनालाई प्रहरी समक्ष दिई घटना घट्न नदिनु श्रेयकर हुन्छ ।

आम नागरिक सचेत बनौ, समाजको शान्ति सुव्यवस्था कायम गर्ने सभ्य समाजको कर्तव्य हो । तपाईहरूको सहयोगले घट्नै लागेका घटना पनि हुन पाउदैन, त्यसै बाट असल नागरिक को पहिचान हुने हो: नागरिक कर्तव्य पालना गरौं, नकरात्मक सोचलाई हटाउदै सकारात्मक सोच लिई चाडपर्व शान्तिपूर्वक  अपराध रुह निर्माण गरी हपराध रु्रा अड्कलहरू, आकलनहरू गलत गहोलान व्यक्तिले अर्को अपराध गर्दैन ननावशेषको सफाई गर्ने वाँकी छ । धमनाउने वातावरण निर्माणमा लागौं शुभकामना ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय