सालकको खपेटोसहित एक जना पक्राउ
शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित

बर्दिया,असोज १०(फरकसमाचार)/ संरक्षित वन्यजन्तु सालकको खपेटो (ओखेटोपहार) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सालकको खपेटोसहित एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–५ बालापुरका ४७ वर्षिय किशोरीलाल थारु रहेका छन् ।

थारुले आफ्नो घर कोठामा सालकको खपटा लुकाई छिपाई राखेको सुचनाको आधारमा प्रहरी टोली खटिएको थियो । थारुको घर कोठामा खानतलासी गर्दा ३ किलो ९ सय ९० ग्राम सालकको खपेटो फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको खपेटो डिभिजन वन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय