आइतबार, असोज १२, २०८२
मा प्रकाशित
1751
Shares
बर्दिया,असोज १२(फरकसमाचार)/ चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । ठाकुरबाबा नगरपालिका–३ मृचैयाका २२ वर्षिय राजकुमार थारु चितुवाको आक्रमणबाट शनिबार बिहान घाईते भएका हुन् ।
थारु तीन चार जना साथीहरुसंग शनिबार बिहान ७ बजे झरसलुवा सामुदायिक वनको छेउको बाटोमा मनिङ वाक गर्न गएको बेला चितुवाले एक्कासी आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा थारुको नाक, निधार र दुवै हातमा गहिरो चोट लागेको छ ।
नगर अस्पताल भुरिगाउँमा सामान्य उपचारपछि थारुलाई थप उपचारको लागि नेपालगंग पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

