आइतबार, असोज १२, २०८२
मा प्रकाशित
1413
Shares
बर्दिया,असोज १२(फरकसमाचार)/ हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९, शिवपुरकी ४२ वर्षीया सिता खत्रीको हात्तीको आक्रमणबाट शनिबार राती मृत्यु भएको हो ।
घर देखि १ किलोमिटर दक्षिण धान खेतमा आएको जंगली हात्तीलाई धपाउन गएको बेला हात्तीले महिलालाई शनिबार राति ११ बजे आक्रमण गरेको थियो ।
हात्तीले आक्रमण गर्दा घटनास्थलमै महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

