बेपत्ता बालिकाको शव फेला
मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित

बर्दिया,असोज २१(फरकसमाचार)/ चार दिन देखि बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती(एन्जल)देउवाको सोमबार दिउँसो शव फेला परेको हो । गत शुक्रबार ३ बजे गणेशपुर आफन्तको विवाहमा भोज गएको बेला देखि बालिका बेपत्ता भएकी थिईन् ।

बालिका घर नफर्किए पछि आफन्तले प्रहरीलाई खोजतलासको लागि मौकिख जानकारी गराएका थिए । प्रहरीले खोजतलासको क्रममा शनिबार गेरुवा गाउँपालिका–५ मुलपानी गुडिखोला स्थित बालिकाको साइकल फेला पारेको थियो ।

खोजतलासको क्रममा सोमबार बालिकाको घर देखि २ किलोमिटर उत्तरतर्फ गुडिखोलाको किनारमा मृत अवस्थामा बेपत्ता बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी देवेन्द्र कुमार मल्लले बताए । घटनाको थप अनुसन्धानको लागि राजापुर इलाका प्रहरी कार्यालयका डीएसपी कबिन्द्र सिंह बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको डीएसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय