गुलरियामा निषेधाज्ञा हट्यो
शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित

बर्दिया,असोज २४(फरकसमाचार) / गुलरियामा लागु गरिएको निषेधाज्ञा हटेको छ । असोज ७ गतेदेखि गुलरियामा राति १० देखि बिहान ५ बजेसम्म प्रशासनले लागु गरेको निषेधाज्ञा बिहीबार देखि हटेको हो ।

जिल्ला प्रशासनले बिहीबार विज्ञप्ती जारी गर्दै निषेधाज्ञा हटेको जनाएको छ । शान्ति सुरक्षा कायम राख्ने उदेश्यले गुलरियाको पूर्वमा गणेशपुर चोकदेखि पश्चिममा बबई बहुमुखी क्याम्पस र उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय देखि दक्षिण भारतको सीमा नाकासम्म प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

स्थानीय तह र नागरिक समाजका प्रतिनिधिहरुको समन्वयमा गरिएको निरन्तर अनुगमन र मुल्याङ्कनका आधारमा हाल गुलरियामा शान्ति सुरक्षाको स्थिती सामान्य भएकोले लागु गरिएको निषेधाज्ञा हटाइएको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निषेधाज्ञा हटाइए पनि सर्वसाधारण नागरिकले कानुन व्यवस्था, सामाजिक मर्यादा, शान्ति र सुरक्षा कायम राख्न राति अनावश्यक हिडडुुल नगर्न, हुलहुज्जत, हो–हल्ला र सार्वजनिक सम्पत्तिमा असर पर्ने कुनै कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । यस्ता कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर