गुलरियामा भिषण चोरी
शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित

कृष्ण प्रसाद भुसाल

बर्दिया,असोज २४/गुलरियामा भिषण चोरी भएको छ । गुलरिया नगरपालिका–१ शंकरबस्ती स्थित सर्वजित यादवको घरमा बुधबार राति १२ बजे चोरी भएको हो । घरको तल्चा फोडेर बाकसमा राखिएको सुनचाँदीको गहना र नगद चोरी भएको छ । घरमा राखिएको बाकस खेतमा फालिएको अवस्थामा भेटिएको थियो ।

सुनको एक तोलाको गहना, चाँदीको साढे दुई तोलाको गहना, नगद रु २० हजार भारु र रु ६० हजार नेपाली चोरी भएको पिडित परिवारले जनाएको छ ।

प्रहरी चौकी नजिकै चोरी हुँदा स्थानीय त्रसित बनेका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर