चितुवाको आक्रमणबाट एक जना घाईते
बुधबार, असोज २९, २०८२ मा प्रकाशित

बर्दिया,असोज २८(फरकसमाचार)/ चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । बारबर्दिया नगरपालिका–११ का ४६ वर्षिय भादु थारु चितुवाको आक्रमणबाट मंगलबार दिउँसो घाईते भएका हुन् । खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा थारुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते थारुको जयनगर स्थित नगर अस्पतालमा उपचार भईरहेको छ ।

गत शनिबार खेतमा घाँस काट्न गएको बेला गुलरिया नगरपालिका–१० रत्नापुरकी ४० वर्षीया किरण लोधलाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो । उनको टाउको र घाँटीमा चोट लागेको थियो ।

यस्तै गत शुक्रबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैया स्थित धान काटिरहेकी ४५ वर्षीया जुना चौधरीलाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो । जताततै चितुवाले आतंक मच्चाउँदा सर्वसाधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर