शुक्रबार, कार्तिक ०१, २०८२
मा प्रकाशित
1018
Shares
बर्दिया,असोज ३१(फरकसमाचार) /चोरी आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१ बेलटाडीका २५ वर्षिय नबिन थारुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बुधबार राति गुलरिया नगरपालिका–१ शिव चोक स्थित दिलिप कुमार यादवको घर अगाडि राखिएको भे ९ प ७७२ नंम्बरको रातो कलरको अपाची मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको फुटेज सिसि क्यामरामा कैद भएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा चोरी भएको मोटरसाइकल थारुको घरमा फेला परेको थियो । थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

