कोल्ड स्टोरमा आगलागी,नौ करोड क्षती
शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित

बर्दिया,असोज ३१(फरकसमाचार) / आलु राखिएको कोल्ड स्टोरमा अचानक आगलागी भएको छ । बाँसगढी नगरपालिका–७ छोड्की देउढाकला स्थित भट्टराई कोल्ड स्टोरमा बिहीबार राती सवा १ बजे अचानक आगलागी भएको हो । आगलागी हुँदा कोल्ड स्टोरमा राखिएको आलु जलेर नष्ट भएको छ । आगलागी हुँदा कोल्ड स्टोरमा राखिएको ग्याँस सिलिन्डर पड्किदा गार्डले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

बाँसगढी नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो निभाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा नौ करोड बराबरको क्षती भएको छ । आगलागी कसरी भएको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

उक्त कोल्ड स्टोर बाँसगढी नगरपालिका–७ का खेमराज भट्टराई, पिताम्बर भट्टराई र प्रकाश भट्टराई तीन भाईको संयुक्त लगानीमा संचालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय