बर्दिया,असोज ३१(फरकसमाचार)/ नेपालीहरुको महान् चाड शुभदिपावलीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न प्रशासनले अनुरोध गरेको छ । देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु राति १० बजे अगावै सम्पन्न गर्न गराउन शुक्रबार विज्ञप्तीमार्फत प्रशासनले अनुरोध गरेको हो ।
चाडपर्वहरुले धार्मिक एवम् ऐतिहासिक महत्व राख्दै सांस्कृतिक गौरव बढाउन महत्वपुर्ण योगदान पु¥याएका हुन्छन् ।
चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरि सार्वजनिक स्थानमा होहल्ला एवम् झै झगडा गर्ने, सामाजिक शान्ति भंग गर्ने, कानुन विपरीत जुवातास, पटाका आतसवाजी जस्ता विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । कानुनले निषेध गरेका गतिविधि गरे गराएमा कानुन बमोजिम कारवाही हुने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

