बर्दिया,कात्तिक ५/ जुवा खालबाट नगदसहित नौ जुवाडीलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–४ खैलार स्थित टोप बहादुर थापाको घरमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा सोमबार राति नगदसहित नौ जुवाडीलाई प्रहरीले पक्राउ गरेको हो ।
जुवा खालबाट नगद रु १ लाख ५० हजार ७ सय २५ र ६ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–४ का ३२ वर्षीय जीवन घोडासैनी, ३० वर्षीय रेशम बहादुर थापा, ४३ वर्षीय जगतराम थारु, ३२ वर्षीय सुदर्शन थापा, ४३ वर्षीय दण्ड न्यौपाने, ४८ वर्षीय खडक प्रसाद रेग्मी, ४६ वर्षीय टोप बहादुर थापा, २६ वर्षीय डम्मर थारु र गुल्मी धुर्कोट गाउ“पालिका–४ घर भई ससुराली पाहुना आएका ३१ वर्षीय बासुदेब घिमिरे नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

