समस्याग्रस्त चितुवा नियन्त्रण
बुधबार, कार्तिक ०६, २०८२ मा प्रकाशित

बर्दिया,कात्तिक ५/समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिईएको छ । बाँसगढी नगरपालिका–९ थुमनी स्थितबाट समस्याग्रस्त चितुवालाई मंगलबार राति नियन्त्रणमा लिईएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । उक्त चितुवाले तीन महिना अघि देखि गाउँमा प्रवेश गरि पशुचौपायालाई शिकार बनाउँदै आएको थियो ।

बाँसगढी नगरपालिका–९ थुमनी दक्षिण टोल बेलघारी मध्यवर्ती सामुदायिक वनसंगै जोडिएको क्षेत्रमा राखिएको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिई निकुञ्जको कोर क्षेत्रमा छोडिएको बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सुर्य खड्काले बताए ।

गत शनिबार डिभिजन वन कार्यालयले बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनबाट समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको थियो । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट गुलरियाका दुई महिलाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर