नहरमा महिलाको शव फेला
आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक ९(फरकसमाचार) /नहरमा एक महिलाको शव फेला परेको छ । मधुवन नगरपालिका–४ बादर भरियाकी ७० वर्षीया बजन दैया थारुनीको शव फेला परेको हो ।

मधुवन नगरपालिका–५ र ८ स्थित देउती मन्दिर नजिक बबई सिंचाईको नहरमा महिलाको शव शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ । थारुनी सधैं बिहान घर अगाडि हातमुख धुन जाने गरेको र चिप्लिएर नहरमा डुबेको हुनसक्ने अनुमान गरिएको छ ।

पोष्टमार्टमपछि महिलाको शव आफन्तको जिम्मा लगाईएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर