गुलरियामा छठ पर्वको तयारी सुरु
आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित

‎‎अभिनव कुमार पाठक

‎बर्दिया, कार्तिक ९/ ‎गुलरियामा छठ पर्वको तयारी सुरु भएको छ । गुलरिया नगरपालिकाको दुई घाटमा भव्य रुपमा छठ पर्व मनाउने तयारी सुरु गरिएको हो । गुलरिया नगरपालिका–७ सर्जुनदी स्थित छठ्ठी माई मन्दिर र वडा नंम्बर ८ भादा घाट स्थित सोमबार छठ पर्व मनाउने तयारी छ । सोमबार कार्तिक शुक्ल षष्ठीको दिन छठ पर्व मुख्य गरी मधेश र तराई भेगमा मनाईन्छ ।

भक्तालुहरु सोमबार निर्जल व्रत बस्ने र साँझ अस्ताउँदो सुर्यको पूजाआजा गर्ने जनाएका छन् । मंगलबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि व्रत समाप्त गरेर मात्र प्रसाद खाएर व्रत तोडिन्छ ।‎ छठ व्रत लिनेहरुको घरमा सुख, शान्ति र समृद्धिको आँगमनको साथै सन्तान प्राप्ति र चर्म रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

छठ्ठी माई मन्दिर स्थित सोमबार साँझ ६ बजे देखि मंगलबार बिहान ७ बजेसम्म भजन, क्रितन र झाँकीसहित चर्चित कलाकारद्वारा बेजोड साँस्कृतिक प्रस्तुती रहने गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए । ‘भजन गायनका लागि भारतको मुम्बईबाट प्रियंका प्रसाद, सोनु बिसु, बनारसबाट रन्जित यादव तथा जैनपुरबाट रोहित रुद्रा आउनेछन्,’वडाध्यक्ष यादवले भने,’त्यसैगरी गोण्डाबाट झाँकी प्रदर्शनका लागि कलाकारहरू आउँनेछन् ।’‎

प्रतिक्रिया

सम्बन्धित खवर